कोटेश्वरदेखि बानेश्वरसम्म अन्डरपास बनाइने
.jpg)
काठमाडौं, जेठ १५ : सरकारले कोटेश्वरदेखि र नयाँ बानेश्वरसम्म अन्डरपास निर्माण सुरु गर्ने घोषणा गरेको छ। आइतबार संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले कोटेश्वरदेखि र नयाँ बानेश्वरसम्म अन्डरपास निर्माण गर्ने घोषणा गरे।
यस्तै, सरकारले कलंकी महाराजगञ्ज चक्रपथ विस्तारका लागि १ अर्ब रुपैयाँ विनियोजन गरेको छ भने नौबिसे मुग्लिन सडक मर्मतका लागि १० अर्ब रुपैयाँ विनियोजन गरेको छ।
अर्थमन्त्री शर्माले मदन भण्डारी राजमार्गका लागि २ अर्ब विनियोजन गरिएको बताए । उनले हुलाकी राजमार्गका लागि ६ अर्ब रुपैयाँ विनियोजन गरिएको पनि जानकारी दिए।।
प्रकाशित मिति: १७:५९ बजे, आइतबार, जेठ १५, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











