Kathmandu Press

द्रुतमार्ग ३ वर्षमा निर्माण गरिसक्ने, ३० अर्ब बजेट विनियोजन

काठमाडाैं, जेठ १५ : सरकारले फास्ट ट्रयाक काठमाडौं–तराई द्रुतमार्ग निर्माण तीन वर्षभित्र निर्माण गरिसक्ने बताएको छ।आर्थिक वर्ष २०७९÷८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री...
द्रुतमार्ग ३ वर्षमा निर्माण गरिसक्ने, ३० अर्ब बजेट विनियोजन

काठमाडाैं, जेठ १५ : सरकारले फास्ट ट्रयाक काठमाडौं–तराई द्रुतमार्ग निर्माण तीन वर्षभित्र निर्माण गरिसक्ने बताएको छ।

आर्थिक वर्ष २०७९÷८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले सो द्रुतमार्गका लागि ३० अर्ब ७ करोड रुपैयाँ बजेट विनियोजन गरिएको बताए।

यस्तैै, सरकारले पूर्वपश्चिम राजमार्गको मर्मतका लागि ३० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।

बजेटमार्फ अर्थमन्त्री शर्माले काठमाडौंको चार भञ्ज्याङमा चार वटा सुरुङ बनाइने र त्यसका लागि सुरुङ मार्गको सम्भाव्यता अध्ययन गरिने पनि उल्लेख गरे।

प्रकाशित मिति: १७:५२ बजे, आइतबार, जेठ १५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्