Kathmandu Press

युवा तथा खेलकुद मन्त्रालयलाई २ अर्ब ४६ करोड बजेट

काठमाडौं, जेठ १५ : सरकारले आगामी आर्थिक वर्ष २०७९÷८०का लागि युवा तथा खेलकुद मन्त्रालयलाई २ अर्ब ४६ करोड बजेट विनियोजन गरेको छ।यस्तै, संसदमा...
युवा तथा खेलकुद मन्त्रालयलाई २ अर्ब ४६ करोड बजेट

काठमाडौं, जेठ १५ : सरकारले आगामी आर्थिक वर्ष २०७९÷८०का लागि युवा तथा खेलकुद मन्त्रालयलाई २ अर्ब ४६ करोड बजेट विनियोजन गरेको छ।

यस्तै, संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले राष्ट्रिय खेलकुद परिषदका लागि २ अर्ब रुपैयाँ विनियोजन गरेको बताएका छन्।

खेल पूर्वाधारका लागि लागि ८७ करोड रुपैयाँ विनियोजन गरिएको पनि अर्थमन्त्री शर्माले जानकारी दिए।

यस्तै सरकारले बजेटमार्फत मुलपानी क्रिकेट मैदान आगामी आर्थिक वर्षमा निर्माण सम्पन्न गर्ने तथा  कीर्तिपुरस्थित टियू मैदानमा रात्रीकालीन खेल खेल्न मिल्ने बनाइने पनि घोषणा गरे।

 

प्रकाशित मिति: १७:४३ बजे, आइतबार, जेठ १५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्