६५५ आधारभूत अस्पताल निर्माण गरिने
काठमाडौं, १५ जेठ : सरकारले एक वर्षभित्र ६ सय ५५ आधारभूत अस्पताल निर्माण गर्ने घोषणा गरेको छ ।संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन...
काठमाडौं, १५ जेठ : सरकारले एक वर्षभित्र ६ सय ५५ आधारभूत अस्पताल निर्माण गर्ने घोषणा गरेको छ ।
संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षमा ६ सय ५५ आधारभूत अस्पताल निर्माण सम्पन्न गर्ने घोषणा गरेका हुन्।
अर्थमन्त्री शर्माले देशभरका पुराना अस्पताल र जीर्ण भवनहरुलाई विस्थापित गरी नयाँ भवन बनाउने पनि घोषणा गरे। उनले केन्द्रीय र प्रादेशिक अस्पतालमा २० वटा जेष्ठ नागरिक वार्ड बनाउने बताए ।
मिर्गौला प्रत्यारोपण गरेका र क्यान्सरका रोगीका लागि औषधि उपचार खर्च भनी मासिक ५ हजार खर्च छुट्टयाएको बताए ।
प्रकाशित मिति: १७:२५ बजे, आइतबार, जेठ १५, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











