अस्पताल निर्माणका लागि १० अर्ब, ९८ प्रकारका औषधि निःशुल्क
सरकारले ७५३ वटै स्थानीय तहमा अस्पताल निर्माणका लागि १० अर्ब रकम विनियोजन गरेको छ ।
काठमाडाैं, जेठ १५ : सरकारले ७५३ वटै स्थानीय तहमा अस्पताल निर्माणका लागि १० अर्ब रकम विनियोजन गरेको छ । संसदमा बजेट प्रस्तुत गर्र्दै अर्थमन्त्री जनार्दन शर्माले निर्माणाधिन अस्ताल र नयाँ निर्माण गर्नका लागि सो रकम विनियोजन गरेको जानकारी दिए।
त्यस्तै अस्पतालको जिर्णोद्धारका लागि आवश्यक रकम विनियोजन गरेको जानकारी गराए । यसैगरी २० वटा केन्द्रीय र प्रादेशिक अस्पतालमा ज्येष्ठ नागरिक वार्ड बनाइने पनि उनले बताए।
सरकारी स्वास्थ्य संस्थामा ९८ प्रकारका औषधीलाई निः शुल्क गरिएको उनले जानकारी दिए।
प्रकाशित मिति: १७:१४ बजे, आइतबार, जेठ १५, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











