प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ७ अर्ब विनियोजन

काठमाडाैं, जेठ १५ : प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि सरकारले ७ अर्ब बजेट विनियोजन गरेको छ । आर्थिक वर्ष २०७९÷८० को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री जनार्दन शर्माले यो कार्यक्रमका लागि ७ अर्ब बजेट विनियोजन गरिएको बताए।
यस्तै, सरकारले काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको दोस्रो टर्मिनल भवन निर्माण गर्न दुई अर्ब २० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
प्रकाशित मिति: १७:१२ बजे, आइतबार, जेठ १५, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











