मृगौला, क्यान्सर र मेरुदण्ड पक्षघात भएका बिरामीलाई मासिक ५ हजार भत्ता
त्यसका लागि १ अर्ब ५० करोड विनियोजन गरिएको मन्त्री शर्माले जानकारी दिए।
काठमाडौं, जेठ १५ : सरकारले मृगौला रोगी र क्यान्सर पीडितलाई मासिक ५ हजार भत्ता दिने भएको छ।
आर्थिक वर्ष २०७९÷०८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले मृगौला प्रत्यारोपण र डायलासिस गरिरहेका बिरामी, क्यान्सरपीडित र मेरुदण्ड पक्षघात भएका बिरामीलाई औषधीउपचार खर्चवापत मासिक ५ हजार भत्ता दिने बताए ।
त्यसका लागि १ अर्ब ५० करोड विनियोजन गरिएको मन्त्री शर्माले जानकारी दिए।
प्रकाशित मिति: १७:०९ बजे, आइतबार, जेठ १५, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











