किसानलाई पेन्सने दिन ‘किसानसँग सरकार’ कार्यक्रम
काठमाडाैं, जेठ १५ : सरकारले किसानलाई पेन्सन दिने भएको छ। आर्थिक वर्ष २०७९÷०८०को बजेट संसदमा प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले किसानलाई पेन्सन दिने...
काठमाडाैं, जेठ १५ : सरकारले किसानलाई पेन्सन दिने भएको छ। आर्थिक वर्ष २०७९÷०८०को बजेट संसदमा प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले किसानलाई पेन्सन दिने योजना स्वरुप ‘किसानसँग सरकार’ कार्यक्रम ल्याइएको बताए।
उनले किसान पेन्सन कार्यक्रम सुरु गर्नका लागि किसान हित कोष स्थपना गरिने पनि बताए। कोषमा हरेक महिना किसानले जम्मा गर्ने रकममा सरकारले १० प्रतिशत थपिदिने उनले बताए ।
कोष स्थापनका लागि विउ पूँजीका रुपमा १ अर्ब छुट्याएको अर्थमन्त्री शर्माले बताए। यस्तै, किसान परिचयपत्रका आधारमा सार्वजनिक सेवामा छुट दिइने समेत बजेटमा उल्लेख गरिएको छ।
प्रकाशित मिति: १७:०० बजे, आइतबार, जेठ १५, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











