Kathmandu Press

कृषि मन्त्रालयका लागि ५५ अर्ब ९७ करोड विनियोजन

संसदमा आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दशन शर्माले रासायनिक मल खरिद गर्न १५ अर्ब  विनियोजित गरेको जानकारी दिएका छन् ।
कृषि मन्त्रालयका लागि ५५ अर्ब ९७ करोड विनियोजन

काठमाडाैँ, जेठ  १५ :  कृषि तथा पुशपन्छी विकास मन्त्रालयको लागि ५५ अर्ब  ९७ करोड यस पटक विनियोजन भएको छ । गत वर्ष उक्त बजेट ४५ अर्ब नौ करोड विनियोजित भएको थियो । यसपटक कृषिमा १० अर्ब बढेको छ। 

संसदमा आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दशन शर्माले रासायनिक मल खरिद गर्न १५ अर्ब  विनियोजित गरेको जानकारी दिएका छन् । गत वर्ष  उक्त रकम १२ अर्ब थियो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना तर्फ यसअघि करीब ७ अर्ब विनियोजन भएकोमा यस वर्ष  ५ अर्ब ९० करोडमात्र विनियोजन गरिएको छ ।  कृषि सुधारको लागि  कृृषि बीमातर्फ ७७ करोड विनियोजन गरिएको छ । 

स्नातक गरेको  विद्यार्थीलाई प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तगर्त तीन सय कृषि स्वयम सेवक राखिने अर्थमन्त्रीले बताएका छन् ।  यस पटक प्रदेशस्तरीय प्रत्येक तीन तहलाई बाँझो खेती प्रवद्र्धनका लागि कृषि उत्पादनमा  टेवा पुर्याएमा ५ करोडको प्रोत्साहन भत्ता प्रदान गरिने भएको छ । 

कृषि कर्जातर्फ पाँच खर्ब विनियोजित भएको छ । कपासका बियाँ छोडाउनका लागि  कपास छोडाउने मेसिनको व्यवस्था गरिने छ।

२०७९ साललाई कृषि जैविक विविधता दिवसको रुपमा  मनाइने बताइएको छ । 

त्यस्तै धान, खाद्यन्न स्टोरका लागि १ सय भण्डारमा एक करोड रकम विनियोजित  भएको छ । कर्णालीका बाली रैथाने बालीमा प्रोत्साहान गरिने भएको छ । 

 

प्रकाशित मिति: १६:५२ बजे, आइतबार, जेठ १५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्