देशभर खाद्य गोदाम बनाउन ४५ करोड विनियोजन

काठमाडौं, जेठ १५ : सरकारले देशभर खाद्य गोदाम बनाउन रकम बिनियोजन गरेको छ। आर्थिक वर्ष २०७९÷०८०को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले देशभर १ सय वटा खाद्य गोदाम बनाउन ४५ करोड रुपैयाँ विनियोजन गरिएको बताए।
यस्तै, सरकारले २ लाख गाई र २ लाख भैंसीलाई उन्नत नश्लको कृत्रिम गर्भाधान गराइने घोषणा पनि बजेट मार्फत गरेको छ। यस्तै, कर्णाली प्रदेशमा रैथाने बालीको संरक्षण गरिने, नगदे बाली खेती गर्न किसानलाई प्रोत्सहन गरिने गर्ने योजना पनि बजेटमा समेटिएको छ।
प्रकाशित मिति: १६:३५ बजे, आइतबार, जेठ १५, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











