Kathmandu Press

१८ खर्बको बजेट ल्याउँदै सरकार 

यसपटक ज्येष्ठ नागरिक, कर्मचारी, उद्योगी–व्यवसायी, कृषक र युवालाई लक्षित गरी तलब–भत्ता वृद्धि, कर छुट, राहत, अनुदान लगायतका कार्यक्रम बजेटमा समेटिने स्रोतले बतायो।
१८ खर्बको बजेट ल्याउँदै सरकार 

काठमाडौं, जेठ १५ : सरकारले आगामी आर्थिक वर्ष २०७९÷०८० का लागि बजेट ल्याउँदै छ । 

अपराह्न बस्ने संघीय संसदको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आय-व्ययको विवरण प्रस्तुत गर्ने छन् । संविधानमै १५ जेठमा नयाँ आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने व्यवस्था छ ।

यसपाली सरकारले १८ अर्बको बजेट ल्याउन लागेको अर्थमन्त्रालय स्रोतले जानकारी दिएको छ । यसअघि केपी ओली नेतृत्वको सरकारले साढे १६ खर्बको बजेट प्रस्तुत गरेको थियो। 

यसपटक ज्येष्ठ नागरिक, कर्मचारी, उद्योगी–व्यवसायी, कृषक र युवालाई लक्षित गरी तलब–भत्ता वृद्धि, कर छुट, राहत, अनुदान लगायतका कार्यक्रम बजेटमा समेटिने स्रोतले बतायो।

प्रधानमन्त्री शेरबहादुर देउवाले वृद्धभत्ता पाउने उमेरलाई ७० वर्षबाट घटाएर ६५ वर्ष बनाउने यसअघि नै बताएका थिए। अर्थमन्त्रीले प्रस्तुत गर्ने बजेटमा वृद्धभत्ताको उमेर कम्तिमा दुई वर्ष घट्नसक्ने स्रोतले जानकारी दिएको छ ।

त्यस्तै शिक्षा, स्वास्थ्य, रोजगार, कृषि लगायतका क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट आउने पनि बताइएको छ। 

प्रकाशित मिति: १४:५९ बजे, आइतबार, जेठ १५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्