विमानको खोजी तथा उद्धारमा सघाउन स्थानीयलाई आग्रह
काठमाडौं, जेठ १५ : सरकारले मुस्ताङमा हराइरहेको तारा एयरको विमानको खोज तथा उद्धारमा सघाउन स्थानीय बासिन्दसँग अनुरोध गरेको छ।त्रिभूवन विमानस्थल कार्यालयले स्थल र हवाइमार्गबाट...
काठमाडौं, जेठ १५ : सरकारले मुस्ताङमा हराइरहेको तारा एयरको विमानको खोज तथा उद्धारमा सघाउन स्थानीय बासिन्दसँग अनुरोध गरेको छ।
त्रिभूवन विमानस्थल कार्यालयले स्थल र हवाइमार्गबाट विमानको खोजी भइरहेको उल्लेख गर्दै मुस्ताङका सर्वसाधारणलाई हराइरहेको विमानका बारेमा जानकारी भएमा खोज तथा उद्धार समन्वय केन्द्रको फोन नम्बर ०१४११३००० मा सूचना दिन आग्रह गरेको छ।
आइतबार बिहान ९ ः ५५ बजे पोखराबाट जोमसोम उडेको विमान सम्पर्कविहीन भएपछि हेलिकोप्टरबाट खोजी कार्य भएपनि मौसम खराबीका कारण हेलिकोप्टर पुनः जोमसोम फर्किएको छ।
मुस्ताङको लेतेस्थित नौलेकोटमा विमान दुर्घटना भएको हुनसक्ने अपुष्ट जानकारी आएपछि नेपाली सेना र प्रहरीको टोली स्थलमार्गबाट सो स्थानका लागि परिचालन भइसकेका छन्।
प्रकाशित मिति: १३:४० बजे, आइतबार, जेठ १५, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











