Kathmandu Press

वेपत्ता तारा एयरको विमान दुर्घटना भएको सूचना, तथ्य बुझ्न सेना नौलेकोट जाँदै 

'घाँसा नजिकै नेपाली सेनाको पोस्ट छ, दुर्घटनाको कन्फर्मेसनका लागि फिजिकल्ली रुपमा सेना मुभ भइसकेको छ,’ प्रवक्ता सिलवालले भने। 
वेपत्ता तारा एयरको विमान दुर्घटना भएको सूचना, तथ्य बुझ्न सेना नौलेकोट जाँदै 

काठमाडौं, जेठ १५ : आइतबार बिहानदेखि वेपत्ता भएको तारा एयरको विमान दुर्घटना भएको आशंका गरिएको छ । नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले नागरिक उड्ययन प्राधिकरणबाट हेलिकप्टर दुर्घटना भएको संकेत सहितको सूचना आएको जानकारी दिएका छन्। 

मुस्ताङको लेतेस्थित नौलेकोटका स्थानीयहरुले ठूलो आवाज आएको सुनेको जानकारी प्राधिकरणलाई दिएको र प्राधिकरणले  सेनालाई त्यसबारे अवगत गराएको प्रवक्ता सिलवालले काठमाडौं प्रेसलाई जानकारी दिएका छन्। 

प्राधिकरणले  सूचना दिएपछि सत्यतथ्य बुझ्न सेना परिचालन भइसकेको उनले जानकारी दिएका छन् । घाँसा नजिकै नेपाली सेनाको पोस्ट छ, दुर्घटनाको कन्फर्मेसनका लागि फिजिकल्ली रुपमा सेना मुभ भइसकेको छ,’ प्रवक्ता सिलवालले भने। 

उनले काठमाडौंबाट नेपाली सेनाको हेलिकप्टर पनि पठाइएको जानकारी दिएका छन्। ‘उद्धारको टोली लिएर हेलिकप्टर मुस्ताङका लागि उँडिसकेको छ,’ उनले भने।

१६ यात्रु र चालक दलका तीन सदस्य सवार विमान खोज्न मुस्ताङमै रहेको फिस्टेल एयरको हेलिकप्टर परिचालन गरिएको छ । हेलिकप्टरबाट खोजी कार्य भएको र दुर्घंटनाबारे अहिलेसम्म कुनै संकेत नआएको जिल्ला प्रशासन कार्यालय मुस्ताङका सिडिओ नेत्रप्रसाद शर्माले जानकारी दिएका छन्। 

 

प्रकाशित मिति: १२:३० बजे, आइतबार, जेठ १५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्