Kathmandu Press

तारा एयरको विमान खाेजी गर्न फिस्टेल एयरको हेलिकाेप्टर परिचालन 

मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माले बेपत्ता भएको विमान खोज्न फिस्टेल एयरको हेलिकाेप्टर प्रयोग गरिएको जानकारी दिएका छन्। नेपाली सेनाकाे हेलिकाेप्टर परिचालन गर्ने तयारी समेत भइरहेकाे उनले जानकारी दिए।
तारा एयरको विमान खाेजी गर्न फिस्टेल एयरको हेलिकाेप्टर परिचालन 

काठमाडौं, जेठ १५ : पोखराबाट उडेको तारा एयरको ९ एनएईटी ट्विनअटर विमान बेपत्ता भएपछि खोजीकार्यका लागि हेलिकप्टर प्रयोग गरिएको छ। आइतबार बिहान सवा १० बजे पोखरा विमानस्थलबाट १९ यात्रु लिएर उडेको विमान धौलागिरी मोडिएपछि सम्पर्कविहीन भएको थियो । 

‘विमान अझैपनि सम्पर्कमा आएको छैन । हेलिकप्टर प्रयोग गरी खोजी कार्य सुरु गरिएको छ,’ मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माले काठमाडौं प्रेसलाई जानकारी दिएका छन् । उनले विमान दुर्घटनाग्रस्त भएको आशंका लाग्ने कुनैपनि खबर प्राप्त नभएको समेत जानकारी दिएका छन् । ‘अझैसम्म मिसिङ नै हो, दुर्घटना भएको बारे कुनै संकेत आएको छैन,’ उनले भने। 

शर्माका अनुसार बेपत्ता भएको विमान खोज्न फिस्टेल एयरको दुई हेलिकाेप्टर प्रयोग गरिएको छ । ‘खोजीका लागि एउटा विमान परिचालन भइसकेको छ, अर्को पनि परिचालन गर्ने तयारीमा छौं,’ उनले भने, ‘ नेपाल सेनाको हेलिकाेप्टर पनि परिचालन गर्दैछौं ।’

बेपत्ता भएको विमानमा चालक दलका तीन सदस्य र १९ यात्रु सवार थिए । यात्रुहरुमध्य १३ जना नेपाली र ६ जना विदेशी नागरिक रहेको बताइएको छ। 

यस्तै विमान क्याप्टेन प्रभावकर घिमिरेले उडाएका थिए भने को–पाइलट उत्सव पोखरेल र एयर होस्टेन किस्मी थापा थिइन् । 
 

प्रकाशित मिति: १२:०१ बजे, आइतबार, जेठ १५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्