Kathmandu Press

१९ यात्रु लिएर उडेको तारा एयरको विमान सम्पर्कविहीन 

आइतबार बिहान ९ बजेर ५५ मिनेटमा पोखरा विमानस्थलबाट जोमसोका लागि उडेको तारा एयरको ९ एनएईटी ट्विनअटर विमान सम्पर्कविहीन भएको हो।
१९ यात्रु लिएर उडेको तारा एयरको विमान सम्पर्कविहीन 
फाइल तस्बिर

काठमाडौं, जेठ १५ : तारा एयरको विमान सम्पर्कविहीन भएको छ । 

आइतबार बिकहान ९ बजेर ५५ मिनेटमा पोखरा विमानस्थलबाट जोमसोका लागि उडेको तारा एयरको ९ एनएईटी ट्विनअटर विमान सम्पर्कविहीन भएको हो। 

विमानमा १९ यात्रु रहेको बताइएको छ । तारा एयरका एक अधिकारीका अनुसार अवतरण गर्ने समय भएपनि जहाज अहिलेसम्म सम्पर्कमा छैन । 

जहाजबारे खोजविन सुरु भएको छ।

प्रकाशित मिति: ११:०३ बजे, आइतबार, जेठ १५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्