वाम-लोकतान्त्रिक गठबन्धन एक भरपर्दो विकल्प: प्रचण्ड
काठमाडौं, जेठ १५ : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, विकास र सुदृढीकरणका लागि एकताबद्ध भई अघि...
काठमाडौं, जेठ १५ : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, विकास र सुदृढीकरणका लागि एकताबद्ध भई अघि बढ्न अपील गरेका छन्।
गणतन्त्र दिवस–२०७९ का अवसरमा आज शुभकामना दिँदै उनले सम्पूर्ण देशभक्त, वामपन्थी, प्रगतिशील र लोकतान्त्रिक शक्तिलाई एकताबद्ध हुन आग्रह गरेका छन्।
परिवर्तन र अग्रगमनसहित संविधानले निर्दिष्ट गरेको समाजवादी लक्ष्य हासिल गर्न वर्तमान वाम–लोकतान्त्रिक गठबन्धन एक भरपर्दो विकल्पका रुपमा प्रस्तुत भएको उनको भनाइ छ।
नेपालको राजनीतिक इतिहासमा विभिन्न राजनीतिक विचार र प्रवृतिहरुबीच सङ्घर्ष, सहकार्य र रुपान्तरणको प्रक्रियाबाट ठूलाठूला राजनीतिक परिवर्तन सम्भव भएको उल्लेख गर्दै उनले कठिन मोडमा वाम–लोकतान्त्रिक शक्ति एक हुँदै आएको बताए।
उनले जनयुद्ध, संयुक्त जनआन्दोलन, मधेस आन्दोलनलगायत सङ्घर्षका क्रममा प्राणको आहुति दिने सहिदप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्। आन्दोलनका क्रममा बेपत्ता र घाइते भएका योद्धामा उच्च सम्मान व्यक्त गरेका छन्।











