Kathmandu Press

आज आगामी आर्थिक वर्षको बजेट आउँदै

आज आगामी आर्थिक वर्षको बजेट आउँदै

काठमाडौं, जेठ १५: आज सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याउन लागेको छ।

संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्ने कार्यसूची रहेको छ। यसका लागि आज अपराह्न ४ बजे संघीय संसद्का संयुक्त बैठक बोलाइएको छ।

हरेक वर्ष जेठ १५ गते बजेट ल्याउने गरिएको छ। बजेट ल्याउन समय तलमाथि हुने गरेपछि गणतन्त्र दिवसको दिन बजेट ल्याउने संवैधानिक व्यवस्था गरिएको हो।

यो बजेट निर्वाचत लक्षित हुने भएको छ। भरखरै स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ भने यो वर्षभित्र प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गर्नुपर्नेछ।

यो वर्षको बजेट १७ अर्बभन्दा बढी हुने देखिएको छ। किनकि, योजना आयोगका उपाध्यक्षको नेतृत्वमा गठित स्रोत समितिले आगामी आर्थिक वर्षको बजेटको सीमा १७ खर्ब ४५ अर्ब तय गरेको थियो।

समितिले तोकेको सीमा आसपासमै रहेर सरकारले बजेट ल्याउने तयारी गरेको अर्थमन्त्री शर्माले यअसघि नै बताउँदै आएका थिए।

प्रकाशित मिति: ०८:०६ बजे, आइतबार, जेठ १५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्