Kathmandu Press

उयदपुरको त्रियुगामा कांग्रेसका बस्नेतको अग्रता कायमै

काठमाडौं, जेठ १५ : उदयपुरको त्रियुगा नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवारले अग्रता कायमै राखेका छन्।आज बिहानसम्मको मतगणनाअनुसार, कांग्रेसका उम्मेदवार वसन्त बस्नेतले १० हजार...
उयदपुरको त्रियुगामा कांग्रेसका बस्नेतको अग्रता कायमै

काठमाडौं, जेठ १५ : उदयपुरको त्रियुगा नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवारले अग्रता कायमै राखेका छन्।

आज बिहानसम्मको मतगणनाअनुसार, कांग्रेसका उम्मेदवार वसन्त बस्नेतले १० हजार ७१४ मत पाएका छन्। उनका प्रतिस्पर्धी नेकपा (एमाले) का भागवत राउतले आठ हजार  ७७७ मत पाएका छन्।

नेकपा (एकीकृत समाजवादी) का बलदेव चौधरी तेस्रो नम्बरमा छन्। उनले सात हजार ४१० मत पाएका छन्।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार उपमेयरमा एमालेकी उम्मेदवार महेश्वरी राईले अग्रता लिएकी छन्। उनले नौ हजार ६६६ मत पाएकी छन् भने कांग्रेसकी सरिता राईले नौ हजार पाँच सय मत पाएकी छन्।

माओवादीकी उम्मेदवार गीता खड्का कार्की तेस्रो नम्बरमा छिन्। उनले पाँच हजार ६४३ मत पाएकी छन्।

त्रियुगा नगरपालिकामा ४० हजार १७९ मत खसेको थियो। यसमा करीब ३० हजार मत गणना भएको छ।

वैशाख ३० गते भएको मतदानपछि विवाद भएको थियो। जसले गर्दा समयमै मतगणना हुन सकेको थिएन।

प्रकाशित मिति: ०७:३८ बजे, आइतबार, जेठ १५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्