Kathmandu Press

यस्तो छ संसदमा प्रधानमन्त्री देउवाले गरेको सम्बोधनको पूर्णपाठ

देउवाले भूमि र सीमा सम्बन्धी विषय संवेदनशील विषय भएको बताउँदै यसको समाधान वार्ता र कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्छ भन्ने आफ्नो मान्यता रहेको समेत स्पष्ट पारे।
यस्तो छ संसदमा प्रधानमन्त्री देउवाले गरेको सम्बोधनको पूर्णपाठ

काठमाडाैं, जेठ १४ : प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबार संसदलाई सम्बोधन गरेका छन्। आर्थिक नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका विषयमा जवाफ दिन प्रमधानमन्त्री देउवाले संसदमा सम्बोधन गरेका हुन्।

सो क्रममा देउवाले सरकारमाथि जननताको भसोसा बढेको बताएका छन्। उनले महामारी नियन्त्रणमा आउँदा नागरिकको जीवन रक्षा हुनुका साथै आर्थिक क्रियाकलापलाई सामान्य अवस्थामा फर्काउन सकिएका कारण सरकारमाथि जनताको भरोसा बढेको बताए।

संसदबाट विश्वासको प्रस्ताव राख्दा सबै नेपालीलाई खोप उपलब्ध गराउने प्रतिवद्धता राखेको स्मरण  गर्दै प्रधानमन्त्री देउवाले उक्त लक्ष्यको नजिक पुग्दा खुसी लागेको बताए।

देउवाले नेपाली भूमि रक्षा गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन्। देउवाले भूमि र सीमा सम्बन्धी विषय संवेदनशील विषय भएको बताउँदै यसको समाधान वार्ता र कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्छ भन्ने आफ्नो मान्यता रहेको समेत स्पष्ट पारे। उनले यही अनुरुप सरकारको कूटनीतिक प्रयास जारी रहेको बताएका हुन् ।

उनले नेपालले असंलग्न परराष्ट्र नीति अवलम्बन गर्दै आइरहेको र नेपाल सरकारले देशको हितलाई ध्यानमा राखी पारस्परिक लाभ र सार्वभौमिकताका आधारमा सम्बन्ध अघि बढाइरहेको पनि बताए।

यस्ताे छ सम्बाेधनकाे पूर्णपाठ:

प्रकाशित मिति: २०:५० बजे, शनिबार, जेठ १४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्