Kathmandu Press

ओखलढुंगामा १४ वर्षीया बालिका बलात्कृत

काठमाडाैं, जेठ १४ : ओखलढुंगाकाे मोलुङ गाउँपालिकामा १४ वर्षीया बालिका बलात्कृत भएकी छन।बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले ओखलढुंगाको मोलुङ गाउँपालिका–५ का ४४...
ओखलढुंगामा १४ वर्षीया बालिका बलात्कृत

काठमाडाैं, जेठ १४ : ओखलढुंगाकाे मोलुङ गाउँपालिकामा १४ वर्षीया बालिका बलात्कृत भएकी छन।

बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले ओखलढुंगाको मोलुङ गाउँपालिका–५ का ४४ वर्षीय तारा नाथ पोखरेललाई पक्राउ गरेकाे छ।

बिहीबार दिउँसाे जबरजस्ती करणी गरेकाे अभियाेगमा प्रहरीले शुक्रबार साँझ पाेखरेललाई पक्राउ गरेकाे हाे।

पोखरेलले बालिकालाई आफ्नै घरको कोठामा बोलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बरूणेश्वरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

उनलाई पक्राउ गरेर घटनाबारे अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: २०:०१ बजे, शनिबार, जेठ १४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्