Kathmandu Press

मङ्कीपक्स २० देशमा फैलियो, उच्च सतर्कता अपनाउन डब्लुएचओको आग्रह

जेनेभा, जेठ १४ : विश्वका २० देशमा मङ्कीपक्सको सङ्क्रमण पुष्टि भएको छ।विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले शुक्रबार दिएको जानकारी अनुसार विभिन्न देशमा मङ्कीपक्सबाट सङ्क्रमितहरूको...
मङ्कीपक्स २० देशमा फैलियो, उच्च सतर्कता अपनाउन डब्लुएचओको आग्रह

जेनेभा, जेठ १४ : विश्वका २० देशमा मङ्कीपक्सको सङ्क्रमण पुष्टि भएको छ।

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले शुक्रबार दिएको जानकारी अनुसार विभिन्न देशमा मङ्कीपक्सबाट सङ्क्रमितहरूको सङ्ख्या बढ्दै गइरहेको छ। उनीहरूले विश्वभरि अहिलेसम्म २०० जनामा मङ्कीपक्सको सङ्क्रमण पुष्टि भएको जनाएका छन्।

'हामीलाई प्राप्त विवरण अनुसार विश्वभरि अहिलेसम्म झण्डै दुई सय जनामा सङ्क्रमण पुष्टि भएको छ भने अरु एक सयभन्दा बढीमा शङ्कास्पद लक्षण देखिएको छ,' डब्लुएचओका अधिकारीको भनाई छ।

मङ्कीपक्स भाइरसका बारेमा धेरै मानिसले ध्यान नदिएको र दिन प्रति दिन फैलिदै गएकाले यसले विश्वभरलाई प्रभावित पार्न सक्ने भन्दै धेरैले चिन्ता व्यक्त गरेका छन्।

यस भाइरसका कारण मानिसको मृत्यु नै हुने नगरेपछि सङ्क्रमण छिटो छिटो धेरै जनामा सर्ने र शारीरिक समस्या हुने गरेकोले उच्च सतर्कता अपनाउन चिकित्सकहरूको अनुरोध छ।

डब्लुएचओका उच्च अधिकारीहरूले सङ्क्रमण देखिएका मुलुकहरूमा थप फैलिन नदिने र नदेखिएका मुलुकहरूमा प्रवेश गर्न नदिनेगरी गरी काम गर्न पनि सबैलाई आह्वान गरेका छन्।

प्रकाशित मिति: १८:४७ बजे, शनिबार, जेठ १४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्