Kathmandu Press

सुक्खा पहिरोले नारायणगढ–मुग्लिन सडक अवरुद्ध

सुक्खा पहिरोले नारायणगढ–मुग्लिन सडक अवरुद्ध
फाइल तस्बिर

काठमाडौं, जेठ १४ : नारायणगढ–मुग्लिन सडकखण्ड पहिराले अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–६ नाम्दीखोला नजिकै आज साँझ ५ः३० बजेको समयमा सुक्खा पहिरो खसेर सडक अवरुद्ध भएको हो।

जिल्ला प्रहरी कार्यालयका अनुसार पहिरामा परी एक जना घाइते भएका छन्। बोलेरोमा सवार एक व्यक्ति घाइते भएको प्रहरीले जनाएको छ । घाइतेलाई उपचारका लागि भरतपुरतर्फ ल्याइएको छ। 

पहिरो पन्छाउने काम सुरु भएको र केही समयपछि सडक नियमित गर्ने प्रहरीको भनाइ छ। 

प्रकाशित मिति: १८:२५ बजे, शनिबार, जेठ १४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्