Kathmandu Press

निजगढ विमानस्थल निर्माण रोक्ने फैसलापछि पर्यटन मन्त्रालयले परामर्श थाल्यो 

काठमाडौं, जेठ १४ : सर्वोच्चले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने सम्बन्धी सरकारले गरेका सबै निर्णय बदर गरेपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले...
निजगढ विमानस्थल निर्माण रोक्ने फैसलापछि पर्यटन मन्त्रालयले परामर्श थाल्यो 

काठमाडौं, जेठ १४ : सर्वोच्चले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने सम्बन्धी सरकारले गरेका सबै निर्णय बदर गरेपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले शिर्ष नेताहरुसहित बिज्ञ तथा सरोकारवालाहरुसंग परामर्श गरेका छन्। 

शनिबार मन्त्रालयमा भएको छलफलमा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, सरोकारवाला निकायका प्रमुख तथा बिज्ञहरुको सहभागीता रहेको थियो । 

छलफलका क्रममा उनीहरुले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण रोक्ने फैसला अप्रत्याशित तथा अनौठो रहेको धारणा राखेका थिए भने बिज्ञहरुले यस बिषयमा आदेशको पूर्णपाठ आएपछि मात्रै थप निचोडमा पुग्न सकिने बताएका थिए। 

छलफलपछि पूर्व पर्यटन सचिव एवं विज्ञ विरेन्द्र बहादुर देउजाले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल रोक्ने निर्णयमा छलफल भएको र सर्वोच्चको आदेशले बिकास निर्माण नै रोकिने अवस्था आएको बताए।  सर्वोच्चको आदेशको पाठ आएपछिमात्रै यस बिषयमा थप छलफल गर्नु आवश्यक रहेको उनको भनाई छ ।  

आर्थिक वर्ष २०७१÷७२ बाट शुरू गरिएको यो आयोजनामा सरकारले करीब डेढ अर्ब रुपैयाँ खर्च गरिसकेको छ । यसअघि माओवादी अध्यक्ष प्रचण्डले सदनमा निजगढ विमानस्थल निर्माण रोक्ने फैसलाको पुनरावलोकन गर्नुपर्ने धारणा राखेका थिए भने समाजवादीका अध्यक्ष नेपालले सर्वोच्चको आदेश गलत भएको बताएका थिए। 
 

प्रकाशित मिति: १७:५७ बजे, शनिबार, जेठ १४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्