राज्यको कमजोरीका कारण लाखौं नेपालीले नागरिकता पाएनन् : उपेन्द्र यादव
काठमाडौं, जेठ १४ : जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले राज्यको कमजोरीका कारण लाखौँ नेपाली नागरिकहरु नागरिकताविहीन बस्नुपरेको बताएका छन्। प्रतिनिधिसभाको शनिबारको बैठकमा आगामी आर्थिक...
काठमाडौं, जेठ १४ : जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले राज्यको कमजोरीका कारण लाखौँ नेपाली नागरिकहरु नागरिकताविहीन बस्नुपरेको बताएका छन्।
प्रतिनिधिसभाको शनिबारको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा माग लिदै यादवले राज्यले नागरिकता नदिएर गरेको गल्तीको सजाय जनताले भोग्नुपरेको बताएका हुन्।
उनीहरुलाई तत्काल नागरिकता दिने दायित्व राज्यको भएको भन्दै यससम्बन्धी कानून पारित गर्नुपर्ने उनको भनाई छ । त्यस्तै कानून र अधिकारका साथै प्रहरी प्रशासनको अभावमा प्रदेशले राम्रोसंग काम गर्न नसकेको उनले बताए।
त्यस्तै उनले संघीय निजामति ऐन जारी गर्ने विषयलाई पनि सरकारले प्राथमिकतामा राख्नुपर्ने धारणा राखे
प्रकाशित मिति: १४:४३ बजे, शनिबार, जेठ १४, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











