बालेन र हर्क साम्पाङबारे प्रचण्डले भने– गणतन्त्रको फूलबारीमा नयाँ दुई फूल थपिए
काठमाडौं, जेठ १४ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्रको फूलबारीमा थप नयाँ दुई फूल फुलेको बताएका छन्। प्रतिनिधि सभा बैठकमा...
काठमाडौं, जेठ १४ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्रको फूलबारीमा थप नयाँ दुई फूल फुलेको बताएका छन्।
प्रतिनिधि सभा बैठकमा बाेल्दै प्रचण्डले स्थानीय तह निर्वाचनबाट बालेन्द्र साह र हर्क साम्पाङ प्रमुखमा निर्वाचित भएसँगै काठमाडौँको प्रमुख र धरानको प्रमुख साँचो अर्थमा स्वतन्त्ररुपमा स्थानीय तहको निर्वाचनमा सफल भएको बताए । अध्यक्ष दाहालले भने, ‘स्थानीय तहको निर्वाचनमा जुन विचार र संकल्पसहित जनतामा प्रस्तुत हुनुभयो, त्यसलाई विशिष्ट मान्नुपर्छ । सङ्घीय लोकतान्त्रिक गणतन्त्रको फूलबारीमा थप दुई नयाँ फूल थपिएको म ठान्छु ।’
यसले राजनीतिक दलले उम्मेदवार छनोट गर्ने विषयमा ध्यान दिनुपर्ने र राजनीतिक दल मात्रै पूर्ण छौँ भनेर सोच्न नहुने र सचेत हुनका लागि एउटा अवसर प्रदान गरेको बताए।
प्रकाशित मिति: १४:२१ बजे, शनिबार, जेठ १४, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











