Kathmandu Press

ओलीलाई प्रचण्डको प्रश्न : तपाईँ टाउको काटेर जेल बसेको होइन भनियो भने के हुन्छ ? 

संघीय  लोकतान्त्रिक गणतन्त्रलाई अपमापनित गर्ने प्रवृत्तिका साथीहरुलाई तपाईँहरु टाउको काट्ने मान्छे होइन? तपाईँ हत्याराको रुपमा जेल बसेको होइन भनें भने के हुन्छ ? त्यो भन्नु जायज हुन्छ ? मलाई लाग्छ त्यो भन्नु बिल्कुल जायज हुँदैन,’ उनले भने ।
ओलीलाई प्रचण्डको प्रश्न : तपाईँ टाउको काटेर जेल बसेको होइन भनियो भने के हुन्छ ? 

काठमाडौं, जेठ १४ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विपक्षी दलले शान्ति प्रक्रियाका बारेमा बारम्बार घोचपेच गरेको बताएका छन्। प्रतिनिधि सभा बैठकमा बोल्दै प्रचण्ड अहिलेको अवस्थासम्म आइपुग्नुमा शान्ति सम्झौता र संविधानसभा नै रहेको बताए। 

‘हामी सबैले १२ बुँदे समझदारी हुँदै शान्ति सम्झौतामा यही हलमा बसेर ऐतिहासिक सम्झौता भनेको होइन ? १२ बुँदे समझदारी बनाउँदा तत्कालीन माओवादीसँग कुरा गर्ने साथीहरुल्ले आज आएर हिँजोका कुरा किन उठाइरहनुभएको छ ?’ उनले प्रश्न गरे। 

प्रचण्डले आफूहरु संविधानमा सर्वसम्मत ढंगले आइसकेको र प्रणाली  र प्रकृयामा केन्द्रीत भएर अगाडि जान खोज्दै गर्दा यस्ता पुराना कुराहरु उठाएर शान्ति सम्झौताको अपमान गर्न खोजिएको बताए । 

‘मैले यदी शान्ति सम्झौतालाई अपमानित गर्ने, संघीय  लोकतान्त्रिक गणतन्त्रलाई अपमापनित गर्ने प्रवृत्तिका साथीहरुलाई तपाईँहरु टाउको काट्ने मान्छे होइन? तपाईँ हत्याराको रुपमा जेल बसेको होइन भनें भने के हुन्छ ? त्यो भन्नु जायज हुन्छ ? मलाई लाग्छ त्यो भन्नु बिल्कुल जायज हुँदैन,’ उनले भने ।

प्रचण्डले एकले अर्कालाई अपमानित र निषेध गर्ने ढंगले लिइए यो सिस्टममार्फत नेपाली जनतालाई जे दिन खोजिएको छ त्यो दिन नसकिने बताए। 
 

प्रकाशित मिति: १३:४१ बजे, शनिबार, जेठ १४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्