Kathmandu Press

ओलीलाई प्रचण्डको चुनौती - माओवादीको सहयोगमा दुईपटक प्रधानमन्त्री बन्नुभयो, अब बनेर देखाउनुस्

यसअघि एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेले अहिलेसम्म कसैको बैशाखी नटेकेको बताएका थिए । त्यसको जवाफ दिँदै प्रचण्डले भने, ‘ जसको सहयोगमा उहाँ दुई चोटी प्रधानमन्त्री बन्नुभयो, यो सहयोग हो कि बैशाखी हो ?’ 
ओलीलाई प्रचण्डको चुनौती - माओवादीको सहयोगमा दुईपटक प्रधानमन्त्री बन्नुभयो, अब बनेर देखाउनुस्

काठमाडौं, जेठ १४ : नेकपा माअ‍ोवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पुनः प्रधानमन्त्री भएर देखाउन चुनौती दिएका छन्। 

प्रतिनिधि सभामा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्दै प्रचण्डले दुइपटकसम्म माअ‍ोवादीको बैशाखी टेकेर ओली प्रधानमन्त्री बनेको बताए। 

यसअघि एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेले अहिलेसम्म कसैको बैशाखी नटेकेको बताएका थिए । त्यसको जवाफ दिँदै प्रचण्डले भने, ‘ जसको सहयोगमा उहाँ दुई चोटी प्रधानमन्त्री बन्नुभयो, यो सहयोग हो कि बैशाखी हो ?’ 

प्रचण्डले यसअघि पनि ओली एमालेबाट प्रधानमन्त्री बनेको नभई नेकपाबाट प्रधानमन्त्री बनेको बताए । ‘ उहाँले हिजो पाएको भोट पनि एमाले मात्रैको होइन, नेकपा माओवादीको पनि भोट हो । उहाँको सरकार पनि एमालेको होइन, त्यो नेकपाको सरकार हो,’ उनले सोधे, ‘तपाईँ त्यो भोटलाई कसरी छुट्याउन सक्नुहुन्छ ? यो जालसाझीपूर्ण कुरा भएन ? यो परिस्थिती कसले पैदा गर्यो ? 

प्रचण्डले ओलीलाई चुनौती दिंदै भने, ‘पहिलो पटक पनि माओवादी केन्द्रको वैशाखी टेकेर भएको हो, दोस्रा पटक पनि भएको हो । अब भएर देखाउनुस् त मानौंला, अबको चुनावपछि ।’
 
प्रकाशित मिति: १३:१४ बजे, शनिबार, जेठ १४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्