Kathmandu Press

नेपालले आज इस्ट टिमोरसँग मैत्रीपूर्ण खेल खेल्ने

काठमाडाैं, जेठ १४ : नेपाली राष्ट्रिय फुटबल टिमले आज इस्ट टिमोरसँग मैत्रीपूर्ण खेल खेल्दैछ। एएफसी एसियन कप छनोटको तयारीका नेपालले कतारमा इस्ट टिमोरसँग...
नेपालले आज इस्ट टिमोरसँग मैत्रीपूर्ण खेल खेल्ने

काठमाडाैं, जेठ १४ : नेपाली राष्ट्रिय फुटबल टिमले आज इस्ट टिमोरसँग मैत्रीपूर्ण खेल खेल्दैछ। एएफसी एसियन कप छनोटको तयारीका नेपालले कतारमा इस्ट टिमोरसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो।

नेपालले कतारको दोहास्थित ग्राण्ड हमाद स्टेडियमा आज राति ९ः४५ बजे इस्ट टिमोरको सामना गर्ने छ।

एसियन कप छनोटअघि नेपालले कतारमै जेठ २० गते ओमानसँग पनि मैत्रीपूर्ण खेल्ने छ।  फिफाले दुई मैत्रीपूर्णलाई अन्तराष्ट्रिय मैत्रीपूर्णको मान्यता दिएको छैन ।

नेपाली टोली कतारबाटै छनोटका लागि कुवेत जाने छन्। मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले छनोटका लागि कप्तान किरण चेम्जोङसहितका ११ सिनियर खेलाडी बाहिर राख्दै टोलीको घोषणा गरिएको छ।

छनोटको समूह एमा नेपालसँगै कुवेत, इन्डोनेसिया र जोर्डन छन्। नेपालले जुन ८ मा जोर्डन, जुन ११ मा कुवेत र जुन १४ मा इन्डोनेसियासँग खेल्ने छ।

प्रकाशित मिति: ११:२१ बजे, शनिबार, जेठ १४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्