पहाडी भूभागमा मेघ गर्जनसहित वर्षा हुने
काठमाडौं, जेठ १४ : देशका अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रहने छ। यस्तै, पहाडी भूभागका केही स्थानमा मेघ गर्जनसहित वर्षा हुनुका साथै चट्याङ ...
काठमाडौं, जेठ १४ : देशका अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रहने छ। यस्तै, पहाडी भूभागका केही स्थानमा मेघ गर्जनसहित वर्षा हुनुका साथै चट्याङ र हावा हुरीसमेत चल्ने छ।
नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश, विहार आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभावले पहाडी भू–भागका केही स्थानमा मेघ गर्जन÷चट्याङ र हावा हुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागले प्रदेश १, मधेस प्रदेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू–भागका केही स्थानमा मेघ गर्जन÷चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन विभाग अनुरोध गरेको छ।
आइतबार प्रदेश १, बागमती र गण्डकी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली भई प्रदेश १, बागमती र गण्डकी प्रदेशका केही स्थानमा र बाँकी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन÷चट्याङ, हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।











