प्रतिनिधिसभामा आज आर्थिक सर्वेक्षण पेश हुँदै
काठमाडौं, जेठ १४ : प्रतिनिधि सभामा आज आर्थिक वर्ष २०७८/७९ को आर्थिक सर्वेक्षण पेस हुने भएको छ।प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे...
काठमाडौं, जेठ १४ : प्रतिनिधि सभामा आज आर्थिक वर्ष २०७८/७९ को आर्थिक सर्वेक्षण पेस हुने भएको छ।
प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे बस्न लागेको छ। अर्थमन्त्री जनार्दन शर्माले आर्थिक सर्वेक्षण पेस गर्ने कार्यसूची रहेको छ।
शुक्रबार नै आर्थिक सर्वेक्षण पेस गर्ने कार्यसूची रहेको थियो। तर, प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को अवरोधका कारण पेश हुन सकेको थिएन।
आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुभन्दा अघि नै आर्थिक सर्वेक्षण पेश गर्नुपर्ने व्यवस्था रहेको छ।
आइतबार सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री शर्माले आउँदो आर्थिक वर्षको बजेट पेश गर्ने कार्यसूची रहेको छ। संघीय सरकारले जेठ १५ गते बजेट ल्याउनुपर्ने संविधानमा व्यवस्था रहेको छ।
प्रकाशित मिति: ०८:०७ बजे, शनिबार, जेठ १४, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











