Kathmandu Press

सुपर लिग क्रिकेट : महेन्द्रनगर क्रिकेट क्लब फाइनल प्रवेश

धनगढी, जेठ १३ : धनगढीमा जारी ‘धनगढी सुपर लिग’ टि—२० प्रतियोगिताअन्तर्गत आज भएको खेलमा महेन्द्रनगर क्रिकेट क्लब फाइनलमा प्रवेश गरेको छ। आज भएको...
सुपर लिग क्रिकेट : महेन्द्रनगर क्रिकेट क्लब फाइनल प्रवेश

धनगढी, जेठ १३ : धनगढीमा जारी ‘धनगढी सुपर लिग’ टि—२० प्रतियोगिताअन्तर्गत आज भएको खेलमा महेन्द्रनगर क्रिकेट क्लब फाइनलमा प्रवेश गरेको छ। आज भएको लिग चरणको अन्तिम खेलमा देउखुरी वारियर्स क्रिकेट क्वलबलाई ७९ रनले पराजित गर्दै महेन्द्रनगर क्रिकेट क्लब फाइनल प्रवेश गरेको हो। टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको महेन्द्रनगर क्लबले निर्धारित २० ओभरको खेलमा नौ विकेट गुमाएर १६३ रन बनाएको थियो।

१६४ रनको विजयी लक्ष्य पछ्याएर जवाफी ब्याटिङमा उत्रेको देउखुरीले १७ दशमलब ३ ओभरमा आफ्ना सबै विकेट गुमाएर ८४ रन मात्र बनाउन सक्यो। उसका लागि वसन्तसिंह कार्कीले १७, दिवान पुनले अविजित १५ र विशाल विक्रम केसीले १५ रन बनाए। अन्य ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन्। बलिङतर्फ महेन्द्रनगरका विपीन धामीले तीन, राहुल भण्डारी र सन्तोष भट्टले सामान दुई/दुई विकेट लिए।

त्यसअघि महेन्द्रनगरका लागि सुशील खड्का र विशाल ऐरले समान ३९/३९ रन बनाए। दिलीप नाथले २१ र कप्तान सन्दीप जोराले १५ रन बनाए। बलिङतर्फ देउखुरीका दिवान पुनले तीन र दिनेश अधिकारी, प्रतिश जिसीले समान दुई/दुई विकेट र अनिल खरेलले एक विकेट लिए। खेलको ‘म्यान अफ दि म्याच’ महेन्द्रनगरका सुशील खड्का घोषित भए। महेन्द्रनगरले अब उपाधिका लागि लिटल फ्लावरको सामना गर्नेछ। लिटल फ्लवर यसअघि नै प्रतियोगिताको फाइनल पुगिसकेको छ। फाइनल प्रतिस्पर्धा शनिबार हुने आयोजकले जनाएको छ।

आयोजक लिटल फ्लावर स्पोट्र्स एण्ड इमेन्ट्स प्रालि धनगढीका अध्यक्ष रामचन्द शाहीले प्रतियोगिताको विजेताले रु दुई लाख, उपविजेताले र एक लाखसहित ट्रफी मेडल र प्रमाणपत्र पाउने जानकारी दिए। प्रतियोगितामा देशभरका छ वटा क्वलब सहभागी छन्

प्रकाशित मिति: १९:४४ बजे, शुक्रबार, जेठ १३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्