सगरमाथा अन्तर्राष्ट्रिय कराते प्रतियोगिता प्रचण्डद्वारा उद्घाटन
काठमाडौं, जेठ १३ : आठौं सगरमाथा अन्तर्राष्ट्रिय कराते प्रतियोगिता शुक्रबारबाट काठमाडौंमा सुरु भएको छ । नेपाल कराते महासंघको तत्वाधन तथा राष्ट्रिय खेलकुद परिषदको बिशेष...
काठमाडौं, जेठ १३ : आठौं सगरमाथा अन्तर्राष्ट्रिय कराते प्रतियोगिता शुक्रबारबाट काठमाडौंमा सुरु भएको छ ।
नेपाल कराते महासंघको तत्वाधन तथा राष्ट्रिय खेलकुद परिषदको बिशेष सहयोगमा नेपाल सितोरियो कराते संघको बार्षिक कार्यक्रमअनुसार,शाखा डोजो नक्सालको २३ औं बार्षिकोत्सवको प्रतियोगिता आयोजना गरिएको हो ।
प्रतियोगीताको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले उद्घाटन गरे। प्रतियोगितामा नेपाल सहित मित्र राष्ट्रहरु भारत ,पाकिस्तान र भुटानका खेलाडीहरुले सहभागिता जनाएका छन् । कार्यक्रममा माओवादी अध्यक्ष प्रचण्डले नेपाली खेल र खेलाडीले राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलमा निकै उत्कृष्ट प्रदर्शन गरेको भन्दै आगामी दिनमा अझै बिकासित हुने विश्वास व्यक्त गरे।
तीन दिनसम्म चल्ने प्रतियोगिताका खेलहरु काठमाण्डौ त्रिपुरेश्वर स्थित,दशरथ रंगशाला राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा संचालन हुनेछन् ।











