Kathmandu Press

नीति तथा कार्यक्रम राम्रो भएपनि कार्यान्वयन पक्ष चुनौतीपूर्ण छ : माधव नेपाल 

काठमाडौं, जेठ १३ : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नीति तथा कार्यक्रम राम्रो भए पनि कार्यान्वयनमा चुनौती रहेको बताएका छन्। प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक...
नीति तथा कार्यक्रम राम्रो भएपनि कार्यान्वयन पक्ष चुनौतीपूर्ण छ : माधव नेपाल 
फाइल तस्बिर

काठमाडौं, जेठ १३ : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नीति तथा कार्यक्रम राम्रो भए पनि कार्यान्वयनमा चुनौती रहेको बताएका छन्। 

प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षका लागि सरकारको तर्फबाट नीति तथा कार्यक्रमको छलफलका क्रममा उनँले नीति तथा कार्यक्रम राम्रो भए पनि कार्यान्वयनमा चुनौती रहने गरेकाले त्यसलाई मजबुत बनाएर लागिपर्न आग्रह गरे। मानव सूचकाङ्कका आधारमा नीति तथा कार्यक्रम ल्याएको भन्दै उनले जनसङ्ख्याका आधारमा पनि मूल्याङ्कन गर्नुपर्नेमा जोड दिए। 

राष्ट्रिय हितलाई केन्द्रमा राखेर परराष्ट्र नीति सञ्चालन गर्नुपर्ने उल्लेख गर्दै उनले सरकारले अगाडि सारेको नीति तथा कार्यक्रममा कृषि, पर्यटन, जलविद्युत् उद्योगलगायतका विषयलाई प्राथमिकतामा राखिएको बताए । 

पानीजहाज, भ्यूटावरलगायतका कार्यक्रम आवश्यक नभएको र  नेपाली युवालाई सीपयुक्त बनाउन दूरदृष्टि राख्नुपर्ने उनको भनाई छ । उनले कृषिको आधुनिकीकरण, व्यवसायीकरण र यान्त्रीकरण गर्ने विषयमा नीति तथा कार्यक्रमले जोड दिएकाले अब त्यसलाई कार्यान्वयनमा लैजानेतर्फ ध्यान दिन सुझाव दिए। उनले लामो अध्ययनपछि अगाडि बढाइएको निजगढ विमानस्थल अगाडि बढाइएको भए पनि त्यसलाई रोकिएको प्रति असन्तुष्ट व्यक्त गरे।

 

प्रकाशित मिति: १८:०६ बजे, शुक्रबार, जेठ १३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्