Kathmandu Press

विषादी र मल छर्न पाँचखालमा ड्रोनको परीक्षण प्रयोग 

काभ्रे, जेठ १३ : पाँचखालमा घुलनशिल औषधी, निमजन्य विषाधि, मल छर्नको लागि ड्रोनको परीक्षण गरिएको छ।पाँचखाल नगरपालिकाको समन्वयमा मुक्ती कृषि कम्पनीले पाँचखालको फाँटमा औषधि,...
विषादी र मल छर्न पाँचखालमा ड्रोनको परीक्षण प्रयोग 

काभ्रे, जेठ १३ : पाँचखालमा घुलनशिल औषधी, निमजन्य विषादी र मल छर्नका लागि ड्रोनको परीक्षण प्रयाेग गरिएको छ।

पाँचखाल नगरपालिकाको समन्वयमा मुक्ती कृषि कम्पनीले पाँचखालको फाँटमा औषधि, निमजन्य विषाधी, मललगायत घुलनशील पदार्थ छर्न ड्रोनको  परीक्षण गरेको हो ।

१६ लिटर क्षमताको ड्रोनले एक पटकमा १६ रोपनी जग्गामा विषाधि छर्ने मुक्ती कृषि कम्पनीका प्राविधिक सागर पाण्डेले जानकारी दिए । यसलाई ‘अटोमेटिक’तथा नियन्त्रणमा राखेर सञ्चालन गर्न सकिने पाण्डे बताउँछन् । सेन्सरसहितको यो ड्रोनलाई रुख, तारहरूले असर नगर्ने उनले बताए।

अटोमेटिक राख्दा पहिला नै चार किल्ला सेट गर्ने र त्यहीअनुसार निमजन्य विषादी छर्नुपर्छ भने आफैंले रिमोटबाट चलाउँदा ८ किलामिटरको दुरीसम्म विषादी छर्न सकिने छ।

ड्रोनको प्रयोगबाट व्यक्तिले पम्प बोकेर विषादी हाल्नुपर्ने अवस्थाको अन्त्य हुने र यसले समयको बचत, जनशक्ति कम, पैसा पनि कम खर्च हुने भएकोले नगरपालिकाले सहजीकरण गर्नुपर्ने परीक्षण कार्यक्रममा उपस्थित स्थानीय कृषक सरस्वती दाहाल अधिकारीले बताइन्। 

कृषिलाई यान्त्रीकरण गर्दै लैजाने प्रयास स्वरुप परीक्षणको रुपमा ड्रोनबाट औषधी, निमजन्य विषादी र मल छर्ने कार्यको परीक्षण गरिएको पाँचखाल नगरपालिका प्रमुख महेश खरेलले बताए। ‘पहिलो चरणमा सफल हुन्छ कि हुँदैन भनेर परीक्षण गर्यौं । याे कृषकको पक्षमा छ कि छैन, स्थानीयको स्वास्थ्यमा असर गर्छ कि गर्दैन र कृषकलाई आर्थिक रुपमा कति फाइदा हुन्छ? यी सबैकाे त्यसको अध्ययन गरेर नगरपालिकाले कृषकलाई सहयोग गर्छ,’ उनले भने ।

प्रकाशित मिति: १७:५५ बजे, शुक्रबार, जेठ १३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्