Kathmandu Press

‘नीति तथा कार्यक्रमले कृषि र उद्योगको क्षेत्रलाई प्राथमिकता दिनु सकारात्मक’

काठमाडौं, जेठ १३ : नेकपा (माओवादी केन्द्र) का सांसद ओनसरी घर्तीले सरकारको नीति तथा कार्यक्रमले आधारभूत रुपमा सकारात्मक रहेको बताएकी छन्। संसदमा सरकारले ल्याएको नीति...
‘नीति तथा कार्यक्रमले कृषि र उद्योगको क्षेत्रलाई प्राथमिकता दिनु सकारात्मक’
फाइल तस्बिर

काठमाडौं, जेठ १३ : नेकपा (माओवादी केन्द्र) का सांसद ओनसरी घर्तीले सरकारको नीति तथा कार्यक्रमले आधारभूत रुपमा सकारात्मक रहेको बताएकी छन्। 

संसदमा सरकारले ल्याएको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागि हुँदै सांसद घर्तीले सरकारको नीति तथा कार्यक्रमले सही मार्ग डोहो¥याएको उल्लेख गर्दै मुलुकको आर्थिक समस्याको समाधान, गरिबी निवारणमा ध्यान दिइनु, कृषि तथा उद्योग क्षेत्रमा प्राथमिकता दिनु सकारात्मक रहेको बताइन्। 

लगातार कृषियोग्य भूमि घट्दै गएको तथा बाँझो राखेर आत्मनिर्भर अर्थतन्त्रको विकास हुन नसक्ने भएकाले त्यसतर्फ ध्यान दिनुपर्ने उल्लेख गर्दै उहाँले महिलालाई समूहमा काम गर्ने गरी कार्यक्रम तय गर्न, कर्जाको सीमा बढाउन, महिलाले उत्पादन गरेको सामानको बजारीकरणका लागि कार्यक्रम बनाउनसमेत आग्रह गरिन्। 

प्रकाशित मिति: १७:१५ बजे, शुक्रबार, जेठ १३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्