भरतपुर महानगरकी मेयर रेणु दाहाल सवारी दुर्घटनामा घाइते
काठमाडौं, वैशाख १३ : भरतपुर महानगरपालिकाकी नवनिर्वाचित मेयर रेणु दाहाल सवारी दुर्घटनामा घाइते भएकी छन् ।शुक्रबार दिउँसो ललितपुरको जावलाखेलस्थित स्टाफ कलेज नजिकै उनी...काठमाडौं, वैशाख १३ : भरतपुर महानगरपालिकाकी नवनिर्वाचित मेयर रेणु दाहाल सवारी दुर्घटनामा घाइते भएकी छन् ।
शुक्रबार दिउँसो ललितपुरको जावलाखेलस्थित स्टाफ कलेज नजिकै उनी सवार गाडी पोलमा ठोक्किएर दुर्घटना भएको ललितपुर प्रहरी स्रोतले जनाएको छ।
दुर्घटनामा परी घाइते भएकी मेयर दाहालको सुमेरु अस्पतालमा उपचार भइरहेको छ । उनको टाउकोमा चोट लागेको बताइएको छ ।
प्रकाशित मिति: १७:०६ बजे, शुक्रबार, जेठ १३, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











