Kathmandu Press

आयल निगम डिपोमा भएको आगलागी नियन्त्रणमा

काठमाडौं, जेठ १३ : नेपाल आयल निगमको भलवाडीस्थित डिपोमा आज लागेको आगो नियन्त्रणमा आएको छ।बिहान ११ः४० बजेको तेल खनाउने क्रममा लु २  ख २६५६ र...
आयल निगम डिपोमा भएको आगलागी नियन्त्रणमा

काठमाडौं, जेठ १३ : नेपाल आयल निगमको भलवाडीस्थित डिपोमा आज लागेको आगो नियन्त्रणमा आएको छ।

बिहान ११ः४० बजेको तेल खनाउने क्रममा लु २  ख २६५६ र लु २ ख ५६८५ नम्बरको ट्याङ्करमा लागलागी भएको थियो ।

आगलागीबाट लु  २  ख २६५६ नम्बरको ट्याङ्कर पूर्णरुपमा क्षति भएको र अर्कोमा आंशिक क्षति पुगेको रुपन्देही जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए।

आगलागीबाट ट्याङ्करका दुई जना सामान्य घाइते भएकोसमेत उनले बताए। घाइतेमध्येका एक सहयोगी तिलोत्तमा नगरपालिका–९ का १८ वर्षीय विजेश चौधरीको हात र खुट्टा जलेको र उनको मणिग्रामस्थित क्रिमशन अस्पतालमा उपचार भइरहेकोे छ ।

सिद्धार्थनगर नगरपालिका, तिलोत्तमा नगरपालिका र भलवारी आयल निगमको दमकलले आगो नियन्त्रणमा लिएका थिए। 

प्रकाशित मिति: १५:५४ बजे, शुक्रबार, जेठ १३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्