Kathmandu Press

सहिदका सपना अझै पूरा हुन सकेको छैन : प्रचण्ड 

सहिदका सपना अझै पूरा हुन सकेको छैन : प्रचण्ड 

काठमाडौं, जेठ १३ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सहिदहरुले देखेको सपना अझै पुरा हुन नसकेको बताएका छन् । 

कृष्णसेन इच्छुक स्मृति दिवसका अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रचण्डले सहिदको सपना अझै पुरा नभएको भन्दै समाजवाद स्थापनाका निम्ती सामाजिक रुपान्तरणको अभियानको आवश्यकता रहेको बताएका हुन्। 

बिभिन्न आन्दोलनबाट संघीय लोकतान्त्रीक गणतन्त्रमा रहेको र संविधानमा अवको राज्य समाजवादउन्मुख हुने उल्लेख हुनु सानो बिषय नभएको उनको भनाई छ ।

उनले अहिले सिष्टमको कमजोरीका कारण समाज रुपान्तरण क्रान्तिकारी ढंगले नभई दिग्भ्रम र विचलनतिर गइरहेको उल्लेख गरे । उनले त्याग र साधनाको संस्कृति अपनाउने कुरामा प्रतिवद्ध भएमात्रै कृष्ण सेनप्रति सच्चा श्रद्धाञ्जली हुने पनि बताए। 

कार्यक्रममा कृष्ण सेन इच्छुक स्मृति पत्रकारिता पुरस्कार–२०७८ गोविन्द आचार्यलाई, कृष्ण सेन इच्छुक स्मृति पत्रकारिता पुरस्कार–२०७९ ः महेश्वर दाहाललाई प्रदान गरिएको थियो भने शक्ति–तारा स्मृति पत्रकारिता पुरस्कार–२०७८ ः बलराम थापा र शक्ति–तारा स्मृति पत्रकारिता पुरस्कार–२०७९ ः लक्ष्मी पुनलाई प्रदान गरिएको थियो । विसं २०५९ जेठ १३ गते प्रदर्शनीमार्ग स्थित महेन्द्र पुलिस क्लबमा हिरासतमा रहेका बेला कृष्णसेन ‘इच्छुक’को हत्या भएको थियो । 

प्रकाशित मिति: १२:५२ बजे, शुक्रबार, जेठ १३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्