चिट चाेरी रोक्न भारतका विद्यार्थीलाई किन लगाईयाे टाउकोमा बाकस?
विद्यार्थीहरूले टाउकोमा कार्डबोर्डका बाकस (कार्टुन) लगाएर परीक्षा दिएको तस्बिर बाहिर आएपछि भारतको एउटा कलेजले माफी माग्नुपरेको छ।
भारतको दक्षिणपश्चिम कर्नाटक....
विद्यार्थीहरूले टाउकोमा कार्डबोर्डका बाकस (कार्टुन) लगाएर परीक्षा दिएको तस्बिर बाहिर आएपछि भारतको एउटा कलेजले माफी माग्नुपरेको छ।
भारतको दक्षिणपश्चिम कर्नाटक राज्यको हाभेरीस्थित भगत प्रि युनिभर्सिटी कलेजले परीक्षणका लागि उक्त उपाय लागु गरेको विद्यालय प्रशासनका प्रमुख एम. बी. सतिसले बताए। एक जना कर्मचारीले विद्यार्थीहरूको तस्बिर खिचेका थिए। कार्टुनको अगाडीको भाग काटेर प्वाँल बनाइएको छ। उनीहरूले डेस्कमा भएको परीक्षा पत्र देख्नसक्छन्। यताउता हेर्नसक्दैनन्।
ती तस्बिरहरू कुनै कर्मचारीले फेसबुकमा पोस्ट गरेपछि भाइरल हुनपुग्यो। त्यसअघि नै सामाजिक सञ्जालमा कलेजको आलोचना भइरहेको थियो। राज्यका शिक्षामन्त्री एस. सुरेश कुमारले कलेजको अभ्यास स्वीकार्य नभएको ट्विट गरेका थिए।
“कसैलाई पनि विशेष गरि विद्यार्थीलाई पशुजस्तो व्यवहार गर्ने अधिकार छैन,” कुमारले लेखे, “यो घटनाको उपयुक्त समाधान निकालिनेछ।”
कलेजले सम्बन्धित निकायलाई लिखित स्पष्टिकरण दिनुका साथै माफी पनि मागेको सतिषले बताए। सो परीक्षण वैकल्पिक भएकोमा सतिषले जोड दिए। यसबारे आमाबाबु र अभिभावकलाई अग्रिम जानकारी गराइएको थियो। उनीहरूको स्वीकृति पाएका विद्यार्थीहरूलाई मात्रै कार्टुन लगाउने परीक्षामा सहभागी गराइएको थियो।
त्यो दिन मिडटर्म परीक्षा लिने ७२ जना विद्यार्थीमध्ये मात्रै ५२ जना सहभागी भएको उनले बताए। “उनीहरूले परीक्षणमा सहमति जनाएका थिए,” सतिषले भने, “कलेजले कसैलाई पनि दुर्व्यवहार गरेको छैन। त्यो वैकल्पिक हो र केहि मात्रै सहभागी भएका थिए।”
विद्यार्थीहरूले कार्टुनका बाकस आफैं ल्याएका थिए। धेरैले १५ देखि ३० मिनेटमै लगाएको बाकस निकालेको सतिषले बताए। परीक्षा सुरू भएको एक घण्टामा सबै विद्यार्थीलाई कार्टुन निकाल्न लगाइएको थियो।
अघिल्लो वर्ष विद्यालयमा चिट चोर्ने व्यापक समस्या थियो। त्यसैले यस्तो कदम चालिएको हो। पछिल्ला वर्षहरूमा भारतमा चिट चोर्ने घटना बढ्दै गएका छन्। सन् २०१५ मा बिहारमा भएको एउटा घटनामा आमाबाबु र परिवारका सदस्यहरूले आफ्ना बालबालिकालाई चिट चोराउन विद्यालयको पर्खाल नाघेका थिए।
भारतजस्तो विकासोन्मुख अर्थतन्त्रमा शिक्षा मुल्यवान वस्तु हो। धेरैका लागि गरिबीको दुष्चक्रबाट बाहिर निस्किने यो एउटा महत्त्वपूर्ण माध्यम हो। यसले विद्यार्थीलाई जसरी भए पनि परीक्षा पास गर्नुपर्ने मात्रै नभएर जुनसुकै मुल्यमा अपेक्षा पार गर्नुपर्ने दबाव सिर्जना गरेको छ।
यहि कारणले चिट चोर्ने प्रवृत्ति बढेको आलोचकहरूको तर्क छ। यसले विद्यार्थीको मानसिक स्वास्थ्य पनि कमजोर बनाउँछ। यो वर्षको सुरूमा भारतको तेलांगनामा परीक्षाफल प्रकाशन भएपछि १९ जना विद्यार्थीले आत्महत्या गरेका छन्।
सीएनएनबाट नेपाली अनुवाद