पहाडी भूभागका वर्षाको सम्भावना
काठमाडौं, जेठ १३ : नेपालमा स्थानीय वायु, भारतको विहारको आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ। पहाडी भूभागमा आंशिकदेखि सामान्य...
काठमाडौं, जेठ १३ : नेपालमा स्थानीय वायु, भारतको विहारको आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ।
पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली छ भने प्रदेश १ का एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा भएको छ । दिउँसो पहाडी भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
राति प्रदेश १, मधेस प्रदेशका थोरै र बाँकी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
प्रकाशित मिति: ०८:२९ बजे, शुक्रबार, जेठ १३, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











