मेयर निर्वाचित नभए पनि महानगरबासीको मन जित्न सके : सिर्जना सिंह
यस्तै उनले महानगरवासिको भावना बमोजिम कार्य गर्न पूर्ण कार्यकाल भरी मेरो रचनात्मक सहयोग र साथ रहने प्रतिबद्धता समेत व्यक्त गरेकी छिन् । आफू मेयर निर्वाचित नभए पनि महानगरबासीका मन जित्न सकेको सिंहको भनाइ छ।
काठमाडौं, जेठ १२ : काठमाडौं महानगरपालिकामा सत्ता गठबन्धनबाट मेयर उम्मेदवार रहेर पराजित भएकी नेपाली कांग्रेसकी नेता सिर्जना सिंहले मेयर, उपमेयर र वडाध्यक्षलगायत निर्वाचित जनप्रतिनिधिहरूलाई बधाई दिएकी छन्।
मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाह र उपमेयरमा नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोल निर्वाचित भएलगत्तै उनले मेयर, उपमेयरलगायत निर्वाचित जनप्रतिनिधिको सफल कार्यकालको शुभकामनासमेत उनले दिएकी हुन् ।
यस्तै उनले महानगरवासिको भावना बमोजिम कार्य गर्न पूर्ण कार्यकाल भरी मेरो रचनात्मक सहयोग र साथ रहने प्रतिबद्धता समेत व्यक्त गरेकी छिन् । आफू मेयर निर्वाचित नभए पनि महानगरबासीका मन जित्न सकेको सिंहको भनाइ छ।
‘विजयी हुने गरी मत ल्याउन सकिनँ तर नगरवासी आमाबुबा, दिदिबहिनी, दाजुभाइको मन जित्न सकें लोकतान्त्रिक अभ्यासको यो परिणामलाई म हार्दिकतापूर्वक स्वीकार र आत्मसात गर्दछु,’ उनले भनिन् ।