तिलोत्तमाको मेयरमा कांग्रेसका रामकृष्ण खाँण विजयी
काठमाडौं, जेठ १३ : रुपन्देहीको तिलोत्तमा नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका रामकृष्ण खाँण निर्वाचित भएका छन् ।एमालेका मोहन चापागाईलाई ७६५ मतान्तरले पराजित गर्दै खाँण मेयरमा...
काठमाडौं, जेठ १३ : रुपन्देहीको तिलोत्तमा नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका रामकृष्ण खाँण निर्वाचित भएका छन् ।
एमालेका मोहन चापागाईलाई ७६५ मतान्तरले पराजित गर्दै खाँण मेयरमा निर्वाचित भएका हुन् । खाँणले २४ हजार ३९६ मत पाएर निर्वाचित हुंँदा चापागाईले २३ हजार ६३१ मत पाए ।
यस्तै उपमेयरमा भने एमालेकी जगेश्वरी चौधरी निर्वाचित भएकी छन् । चौधरीले माओवादी केन्द्रका हेमन्त पाण्डेलाई दोब्बर मतान्तरले पराजित गरेकी हुन् ।
चौधरीले २३ हजार ८६ मत पाएर निर्वाचित हुँदा पाण्डेले ११ हजार ५४६ मत पाए । १७ वटा वडा रहेको तिलोत्तमामा नेपाली कांग्रेसले ९ र नेकपा एमालेले ८ वटा वडा जितेको छ ।
गृहमन्त्री बालकृष्ण खाँणका सहोदार भाइ समेत रहेका रामकृष्ण हाल रुपन्देही जिल्ला सभापति हुन् ।
प्रकाशित मिति: ०७:०७ बजे, शुक्रबार, जेठ १३, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











