बाजुराको बुढीगंगा नगरपालिकामा पुनः मतदान गर्ने आयोगको निर्णय
काठमाडौं, जेठ ११ : बाजुराको बुढीगंगा नगरपालिकामा पुनः मतदान हुने भएको छ । निर्वाचन आयोगले चुनाव निष्पक्ष नभएको ठहर गर्दै आयोगले वैशाख ३०...
काठमाडौं, जेठ ११ : बाजुराको बुढीगंगा नगरपालिकामा पुनः मतदान हुने भएको छ । निर्वाचन आयोगले चुनाव निष्पक्ष नभएको ठहर गर्दै आयोगले वैशाख ३० को निर्वाचन कार्यक्रम रद्द गरी पुनः निर्वाचन गर्ने निर्णय गरेको हो ।
आयोगले बाजुराका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी र सशस्त्र प्रहरीका जिल्ला प्रमुखलाई तीन दिनभित्र हटाई अरु कर्मचारी पठाएर निर्वाचनको वातावरण बनाउन सरकारलाई निर्देशन दिएको छ । उनीहरुलाई निर्वाचन कसुर अनुसार विभागीय कारबाही गरी आयोगलाई जानकारी दिन सरकारलाई निर्देशन दिएको छ ।
अबको निर्वाचन कार्यक्रम निर्वाचन अधिकृतको कार्यालयले नै तोक्ने पनि आयोगले जनाएको छ । नगरपालिकाका कूल दश वटा वडामध्ये ६ वटा वडामा अत्यधिक विवाद रहेको थियो । बुढीगंगामा उत्पन्न विवादवारे अध्ययन गर्न निर्वाचन आयूक्त सगुन सम्शेर जबरासहितको टोली नेपाली सेनाको हेलिकप्टरमा बाजुरा पुगेको थियो । सुरुमा सदरमुकाम मार्तडी आएर उनले सुरक्षा निकायका प्रमुखहरु, राजनीतिक दलका प्रमुखहरु, मतदानमा खटिएका निर्वाचन अधिकृतलगायतसँग घटनाबारे बुझ्ने काम गरेको थिए ।
दोस्रो दिन उनी बुढीगंगास्थित भानोदय माविको स्थलगत अध्ययन गर्न पुगेका थिए । उनैले बुझाएको प्रतिवेदनको आधारमा आयोगले पुनःमतदाना गराउने निर्णय गरेको हो ।












