याैन दुर्व्यवहारकाे आराेपमा मिस्टर एण्ड मिस कलेज–२०२२ आयाेजक पक्राउ
काठमाडाैं, जेठ १२ : सौन्दर्य प्रतियोगिताका नाममा सहभागी प्रतियोगीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले झापाका लालबहादुर शंकरलाई पक्राउ गरेकाे छ।मिस्टर एण्ड मिस कलेज–२०२२...
काठमाडाैं, जेठ १२ : सौन्दर्य प्रतियोगिताका नाममा सहभागी प्रतियोगीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले झापाका लालबहादुर शंकरलाई पक्राउ गरेकाे छ।
मिस्टर एण्ड मिस कलेज–२०२२ का आयाेजक शंकरलाई दमक प्रहरीले मंगलबार पक्राउ गरेकाे हाे।
सौन्दर्य प्रतियोगितामा सहभागीले शंकरविरूद्ध उजुरी दिएपछि उनी पक्राउ परेका हुन।
उनी दमकमै रहेको शंकर आर्ट्स फाउन्डेसनका निर्देशक र नृत्य प्रशिक्षकसमेत हुन्।
उनले ‘मिस्टर एण्ड मिस कलेज–२०२२’ प्रतियोगिता गएको वैशाखमा आयोजना गरेका थिए। त्यही प्रतियोगिता जिताइदिने प्रलोभन देखाउँदै उनले सहभागीलाई यौन दुर्व्यवहार गर्न खोजेको उजुरी परेकाे प्रहरीले जनाएको छ।
पीडितले आफूलाई प्रतियोगिता जिताइदिने त्यसबापत के दिने भनेर शंकरले बारम्बार तनाव दिएको बताएकी छन।
प्रकाशित मिति: १९:२२ बजे, बिहीबार, जेठ १२, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











