Kathmandu Press

कोरियन भाषा परीक्षा मिति र केन्द्र तोकियो

काठमाडौं, जेठ १२ : कृषि तथा पशुपालन क्षेत्रको कोरियन भाषा परीक्षा आउँदो १९ गते हुने भएको छ । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरिया...
कोरियन भाषा परीक्षा मिति र केन्द्र तोकियो

काठमाडौं, जेठ १२ : कृषि तथा पशुपालन क्षेत्रको कोरियन भाषा परीक्षा आउँदो १९ गते हुने भएको छ । 

रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरिया जानका लागि आवेदन दिएकाहरूको कृषि तथा पशुपालन क्षेत्रको भाषा परीक्षा जेठ १९ गते तीन सिफ्टमा सञ्चालन हुने ईपीएस कोरिया शाखाले जनाएको हो । 

शाखाले परीक्षा केन्द्र ललितपुरको भैसेपाटीमा रहेको सीबीटी भवन तोकेको छ । परीक्षा बिहान १० बजे, ११ बजेर ३० मिनेट र २ दिउँसोको २ बजे हुनेछ छ । परीक्षार्थीहरूको बायोमेट्रिक भेरिफिकेसन तथा अभिमुखीकरणको समय परीक्षा हुनुभन्दा अघिल्लो दिन बिहान ८ बजे, ९ बजेर ३० मिनेट र १२ बजे तोकिएको छ ।

सबै परीक्षार्थीको बायोमेट्रिक रजिस्टर भने ईपीएस कोरिया शाखा नजिकै रहेको म्युजिक सिटी हलमा हुने शाखाले जनाएको छ । 

प्रकाशित मिति: १८:४९ बजे, बिहीबार, जेठ १२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्