निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण नगर्न सर्वोच्चको आदेश
बिहीबार न्यायाधीशहरु हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, प्रकाशमान सिंह राउत र मनोजकुमार शर्माको इजलासले निजगढमा विमानस्थल निर्माण नगर्न आदेश दिएको हो।
काठमाडौं, जेठ १२ : सर्वोच्च अदालतले बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण नगर्न आदेश दिएको छ ।
बिहीबार न्यायाधीशहरु हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, प्रकाशमान सिंह राउत र मनोजकुमार शर्माको इजलासले निजगढमा विमानस्थल निर्माण नगर्न आदेश दिएको हो।
वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्मासहितले दायर गरेको रिटमा सुनुवाइ गर्दै सर्वोच्चले निजगढ विमानस्थलको वातावरणीय प्रभाव मूल्यांकन (इआईए) प्रतिवेदन बदरको फैसला गरेको छ साथै इआइए प्रतिवेदन स्वीकृत गर्ने वन तथा वातावरण मन्त्रालयको निर्णय समेत सर्वोच्चले बदर गरेको छ।
प्रकाशित मिति: १७:०२ बजे, बिहीबार, जेठ १२, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार