Kathmandu Press

काठमाडौंमा समाजवादीको पहिलो जित, वडा–१५ को अध्यक्षमा डंगोल 

काठमाडौंमा समाजवादीको पहिलो जित, वडा–१५ को अध्यक्षमा डंगोल 

काठमाडौं, जेठ १२ : काठमाडौँ महानगरपालिका वडा नं १५ को वडाध्यक्षमा नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार ईश्वरमान डङ्गोल विजयी भएका छन्। 

गत वैशाख ३० गते सम्पन्न मतदानको केहीबेर अगाडि सम्पन्न मतगणनामा डङ्गोल तीन हजार ४७६ मत प्राप्त गरी दोस्रो कार्यकालका लागि अध्यक्ष पदमा विजयी भएका हुन् । उनी यसअघि पनि सोही वडाको अध्यक्ष थिए। 

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार जीवन डङ्गोलले एक हजार ५७२ मत प्राप्त गरे। यस्तै चार सदस्यमा पनि नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार विजयी भए । वडासदस्य खुलामा विजु श्रेष्ठ र अवसरा केसी, महिला सदस्यमा मैयालक्ष्मी महर्जन र दलित महिला सदस्यमा रीता मिजार विजयी भएकी छन्। 

डङ्गोल वडाध्यक्ष निर्वाचित भएसँगै एकीकृत समाजवादीले काठमाडौँ महानगरपालिकामा एक वडाध्यक्ष जितेको छ। काठमाडौँ–१५ मा माल्चाटार, स्वयम्भू, गीतामाता, विजेश्वरी, शोभाभगवतीलगायतका क्षेत्र पर्दछन्।  

प्रकाशित मिति: १५:१४ बजे, बिहीबार, जेठ १२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्