काठमाडौं–१६ को वडाध्यक्षमा कांग्रेसका रिजाल, चारवटै सदस्यमा एमाले
काठमाडौं, जेठ १२ : काठमाडौं महानगरपालिका–१६ को वडाध्यक्ष नेपाली कांग्रेसले जितेको छ । बिहीबार दिउँसो सार्वजनिक गरिएको मतपरिणाम अनुसार कांग्रेसका मुकुन्द रिजाल ४ हजार...
काठमाडौं, जेठ १२ : काठमाडौं महानगरपालिका–१६ को वडाध्यक्ष नेपाली कांग्रेसले जितेको छ । बिहीबार दिउँसो सार्वजनिक गरिएको मतपरिणाम अनुसार कांग्रेसका मुकुन्द रिजाल ४ हजार १९ मतसहित वडाध्यक्ष निर्वाचित भएका हुन्।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका लक्ष्मीरत्न तुलाधरले ३ हजार ३१० मत ल्याए । त्यस्तै नेकपा (एकीकृत समाजवादी)का लक्ष्मण गमालले १ हजार ५८९ मत ल्याए । राप्रपाका उम्मेदवार विन्दिका गुरुङले ५५७ मत ल्याउँदा स्वतन्त्र उम्मेदवारहरु साञ्जय गुरुङ र अर्जुन थापा क्षेत्रीले क्रमशः ३२२ र २१६ मत पाए।
वडाको चार वटै सदस्य भने एमालेले जितेको छ । सदस्यतर्फ एमालेका पुष्प महर्जन (३३८५ मत) र हर्क बहादुर खाती (३०७८ मत) निर्वाचित भएका छन्।
त्यस्तै महिला सदस्यमा एमालेकी सारदा सुवेदी ३ हजार ४७८ मतसहित निर्वाचित भएकी छन् भने दलित महिला सदस्यमा एमालेकै मनिता विश्वकर्मा ३ हजार ४०१ मतले विजयी भएकी छन्।











