‘रिजर्भ बैँकमा मेरो जति अरब छ, आरोप लगाउनेको नाममा सारियोस्’
संसदमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै ओलीले रिजर्भ बैंकमा आफ्नो नाममा अरबौं रुपैयाँ रहेको भन्ने गलत आरोप लगाइएको बताए ।
काठमाडौं, जेठ १२ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो नाममा कुनैपनि बैँकमा पैसा लुकाइएको भए सार्वजनिक गर्न चुनौती दिएका छन् ।
संसदमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै ओलीले रिजर्भ बैंकमा आफ्नो नाममा अरबौं रुपैयाँ रहेको भन्ने गलत आरोप लगाइएको बताए ।
‘एक टेलिभिजन अन्तर्वार्तामा एकजना नेताले २० देखि ३० अर्बसम्म पैसा छ भने । पत्रकारले सोधे, कहाँ छ ?तीनले भने, रिजर्भ बैंकमा,’ संसदमा ओलीले भने, ‘रिजर्भ बैंकले पनि सुनोस्, त्यहाँ मेरो जति अरब छ तीनै व्यक्तिका नाममा सारियोस्।’
प्रकाशित मिति: १३:१२ बजे, बिहीबार, जेठ १२, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार