Kathmandu Press

कर्णाली प्रदेश प्रमुखद्वारा आर्थिक विधेयक प्रमाणीकरण

कर्णाली, जेठ १२ : कर्णाली प्रदेशका प्रमुख तिलक परियारले ‘कर्णाली प्रदेश आर्थिक कार्यविधि ऐन, २०७४ लाई संशोधन गर्न बनेको विधेयक’ प्रमाणीकरण गरेका छन्। प्रदेश प्रमुख...
कर्णाली प्रदेश प्रमुखद्वारा आर्थिक विधेयक प्रमाणीकरण

कर्णाली, जेठ १२ : कर्णाली प्रदेशका प्रमुख तिलक परियारले ‘कर्णाली प्रदेश आर्थिक कार्यविधि ऐन, २०७४ लाई संशोधन गर्न बनेको विधेयक’ प्रमाणीकरण गरेका छन्। 

प्रदेश प्रमुख परियारले प्रमाणीकरण गर्नुभएको उक्त विधेयक अब ऐनमा परिणत भएको छ । कर्णाली प्रदेशसभाको दशौँ अधिवेशनको तेस्रो बैठकबाट ‘कर्णाली प्रदेश आर्थिक कार्यविधि ऐन, २०७४ लाई संशोधन गर्न बनेको विधेयक’ पारित भएको थियो।

उक्त विधेयक उहाँले जेठ ११ गते नेपालको संविधानको धारा २०१ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरी जारी गरेको कर्णाली प्रदेश प्रमुखको कार्यालय, सुर्खेतका निमित्त सचिव भीमराज थानीले जानकारी दिए । यससँगै कर्णालीमा ३८ विधेयक प्रमाणीकरण भएका छन्। 

प्रकाशित मिति: १०:३६ बजे, बिहीबार, जेठ १२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्